१३ भदौ २०८३, शनिबार | August 29, 2026

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण



काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

एसएचए २२७ नम्बरको उक्त जहाजमा ककपिट (पाइलट बस्ने ठाउँ) भित्र धुवाँ देखिएपछि पाइलटले तत्काल सुरक्षा कारण देखाउँदै भैरहवामा अवतरण गर्ने निर्णय लिएका थिए। जहाज सुरक्षित रूपमा अवतरण भएको विमानस्थल स्रोतले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार सबै यात्रुहरू अहिले विमानस्थलमै सुरक्षित छन् । कम्पनीले यात्रुहरूलाई धनगढी पुर्‍याउन काठमाडौंबाट अर्को जहाज पठाउने तयारी गरेको जानकारी दिएको छ ।

घटनाबारे विस्तृत जाँचपछि मात्रै समस्या के कारणले भएको हो भन्ने स्पष्ट हुने बताइएको छ। हाल सबै यात्रु सुरक्षित रहेको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : ०७ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको