१३ भदौ २०८३, शनिबार | August 29, 2026

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा



म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका-७ मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ । जलस्रोत तथा सिचाई व्यवस्थापन आयोजना कास्कीले मंगलाघाटस्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो ।

मङ्गलाघाट स्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका ईञ्जिनियर नरजङ गुरुङले बताए । उनका अनुसार नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल निर्माण भएको छ । योजना निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ फागुन १० गते ९९ लाख १९ हजार दुई सय ९५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेकोमा लक्ष्य अघि नै सम्पन्न भएको हो । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर समयमै योजना निर्माण गरेको व्यवसायीले बताएका छन् ।

यसअघि मंगलाघाटमा आयोजना मार्फत विभिन्न चरणमा पाँच सय मिटर भन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मंगलाघाटमा दुई सय भन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् ।

आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगत देखिनै आयोजना सञ्चालन भएको छ । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ ।

योजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजनाहरू निर्माण सम्पन्न हुने चरणमा रहेका बताए ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  २ : ५३ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण