२४ आश्विन २०८३, शनिबार | October 10, 2026

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन



काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विशेष उपकरणसहित थप गोताखोर टोली परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार सदस्यीय गोताखोर टोली घटनास्थलतर्फ पठाइएको हो । टोलीले शनिबारदेखि खोजी कार्यमा सहभागी हुने जनाइएको छ ।

टोलीसँग पानीमुनि तथा तीव्र बहावमा रहेका वस्तु र सवारीसाधन पहिचान गर्न प्रयोग हुने सोनार क्यामरा, म्याग्नेट लगायतका विशेष उपकरणहरू रहेका छन् । ती उपकरणको सहयोगमा नदीको गहिराइमा बेपत्ता गाडी तथा यात्रुको खोजी गरिनेछ ।

गत बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ६-७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

घटनापछि तत्कालै परिचालन गरिएको टोलीले भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारेको थियो । तर गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  १० : ५४ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनः सुरु

म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी

नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार