९ भदौ २०८३, मंगलबार | August 26, 2026

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ७ जनाको परीक्षा रद्द



काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको ६४.६९ प्रतिशत हो।

नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्। त्यसैगरी १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन्। ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने कोही पनि छैनन्।

बोर्डले परीक्षाको नतिजा आफ्नो वेबसाइट, आईभीआर तथा एसएमएसरयूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझेका विद्यार्थीले बोर्डले तोकेको अवधिभित्र अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ।

यसैबीच, परीक्षा मर्यादा विपरीत गतिविधिमा संलग्न रहेको भन्दै केन्द्राध्यक्षको सिफारिसका आधारमा ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ११ : १६ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त