९ भदौ २०८३, मंगलबार | August 26, 2026

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष



चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ । भरतपुर महानगरपालिका-७ मा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र सङ्घको समन्वयमा रु २० लाखको लागतमा बिक्री केन्द्र स्थापना गरिएको हो । सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार उत्पादनको सन्तुलन नमिल्दा बजारीकरणमा समस्या भएपछि आफ्नै बिक्री कक्ष स्थापना गरिएको छ ।

उनले भने, “कुन सिजनमा कुन वस्तु कुन किसानले उत्पादन गर्ने भन्ने विषयमासहज होस् भनेर बिक्री केन्द्र स्थापना गरिएको हो ।” प्राङ्गारिक खेती गर्ने किसानले यस कक्षमा ल्याएर सामाना बिक्री वितरण गर्न छोड्न सक्नेछन् ।

केन्द्र स्थापना भएपछि विचौलियाको समस्या कम हुने उनले बताए । अहिले जिल्लामा प्राङ्गारिक खेती गर्ने किसानको सङ्ख्या ३३ जना रहेको छ । उनले भने, “चालीस बिघा जग्गामा प्राङ्गारिक खेती हुँदैआएको छ ।”

यस बिक्री कक्षमा प्राङ्गारिक कृषकले उत्पादन गरेको कृषिजन्यउपज दाल, चामल, फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, जडीबुटी तथा पोसीलो खाद्यउपज बिक्री वितरण गरिने व्यवस्थापक राजकुमार तामाङले जानकारी दिए । उनका अनुसार यहाँ सिजन अनुसारका तरकारी, फलफूल तथा अन्य सामग्री बिक्री वितरण हुनेछन् ।

उनले भने, “यस बिक्री केन्द्रले आम किसान र उपभोक्तालई प्रत्यक्ष फाइदा हुनेछ ।” कहिले किसानले बजार नपाउने र कहिले उपभोक्ताले प्राङ्गारिक वस्तु नपाउने समस्यालाई केन्द्रले समाधान गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ३ : ०१ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त