२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रधानमन्त्री बालेन्द्रले आज उद्योगी-व्यवसायीसँग छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा देशका प्रमुख व्यावसायिक छाता संगठनका नेतृत्वकर्ताहरू सहभागी हुनेछन्।

छलफलका लागि नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संस्थाका अध्यक्ष तथा पदाधिकारीलाई आमन्त्रण गरिएको छ।

निजी क्षेत्रले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि नै सरकारसँग संवादको पहल गर्दै आएको थियो। व्यवसायीहरूले लगानी वातावरण, निजी क्षेत्रका समस्या, आर्थिक गतिविधिमा देखिएको सुस्तता तथा बजेट कार्यान्वयनसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीसँग आफ्ना धारणा राख्ने तयारी गरेका छन्।

सरकार र निजी क्षेत्रबीच हुन लागेको यो संवादलाई वर्तमान आर्थिक चुनौती समाधान तथा लगानीमैत्री वातावरण निर्माणका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ९ : २० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका