१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सिद्धार्थ बैंकको ४२ हजार बढी संस्थापक सेयर बिक्री खुला, संस्थापकलाई पहिलो प्राथमिकता



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले ४२ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै आजदेखि उक्त सेयर खरिदका लागि आवेदन आह्वान गरेको हो।

बैंकका अनुसार बिक्रीमा राखिएको संस्थापक सेयर खरिद गर्न हालका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ। इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी लिखित निवेदन पेश गर्नुपर्नेछ।

बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन प्राप्त नभएमा बाँकी सेयर अन्य व्यक्ति तथा संघ–संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।

संस्थापक सेयरको स्वामित्व हस्तान्तरणसम्बन्धी प्रचलित व्यवस्थाअनुसार बैंकले प्रारम्भिक चरणमा हालका संस्थापक सेयरधनीलाई नै खरिदको अवसर प्रदान गरेको हो।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १० : १९ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या