१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ। संशोधित एकीकृत निर्देशन, २०८२ मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई २०८३ पुस मसान्तभित्र निष्क्रिय खाता न्यूनीकरणसम्बन्धी कार्ययोजना लागू गर्न निर्देशन दिइएको हो।

नयाँ व्यवस्थाअनुसार खाता निष्क्रिय हुनुअघि बैंकले फोन, एसएमएस वा इमेलमार्फत ग्राहकलाई जानकारी गराउनुपर्नेछ। निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक छ महिनामा ग्राहकसँग सम्पर्क गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

ग्राहकले अब देशभरका जुनसुकै शाखा वा मोबाइल तथा वेब एपमार्फत आफ्ना खाता बन्द गर्न सक्नेछन्। खाता बन्द गर्दा मौज्दात रकम ग्राहकले तोकेको आफ्नै अर्को बैंक खातामा स्थानान्तरण गरिनेछ।

राष्ट्र बैंकले पुनः सक्रिय भएका खाताबाट हुने शंकास्पद कारोबारको निगरानीका लागि प्रभावकारी प्रणाली विकास गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ११ : २६ बजे

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई