३० असार २०८३, मंगलबार | July 14, 2026

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार



काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले सञ्चारमाध्यमका कार्यालयलाई त्रासमा राख्ने प्रवृद्धिको कडा आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै परियारले संचारमाध्यमका कार्यालयको प्रवेशद्वारमा गाडी पार्किङ गरेर आवतजावतमा अवरोध सिर्जना गर्ने घटनाको कडा आलोचना गरेका हुन् । उनले यस्ता गतिविधि प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष दबाब र त्रास फैलाउने प्रयास भएको बताए ।

परियारले सत्यलाई दबाउने उद्देश्यले सञ्चारगृहलाई तर्साउने कुनै पनि प्रयास सफल नहुने स्पष्ट पारे। “सत्यसँग डराउनेहरूले मात्रै यस्ता हर्कत गर्छन्। तर सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्न खोज्नुजस्तै हो,” उनले भने, “सञ्चारगृह घेरेर सत्यको आवाज थुन्न सकिँदैन भन्नेमा म विश्वस्त छु।”

उनले नेपाली पत्रकारिताले विगतमा अनेक चुनौती र दमनको सामना गर्दै आफ्नो विश्वसनीयता स्थापित गरेको उल्लेख गर्दै वर्तमानका यस्ता गतिविधिले सञ्चारमाध्यमलाई विचलित बनाउन नसक्ने बताए।

परियारले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल स्मरण गर्दै त्यसबेला समाचार कक्षमै पुगेर सैनिकले समाचार सेन्सर गर्ने प्रयास भएको उल्लेख गरे। “त्यतिबेला बन्दुकको त्रासमा पनि नझुकेको नेपाली पत्रकारिता आज सडकमा दुई–चारवटा गाडी तेर्स्याएर तर्सिन्छ भन्ने सोच्नु भ्रम मात्र हो,” उनले भने।

उनले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै कुनै व्यक्ति वा समूहको स्वार्थका कारण सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने, त्रास फैलाउने वा अवरोध गर्ने कार्य स्वीकार्य हुन नसक्ने धारणा राखे।

साथै, उनले प्रेस स्वतन्त्रताको संरक्षणका लागि आफू सधैं प्रतिबद्ध रहने उल्लेख गर्दै पत्रकारिताले पनि आफ्नो व्यावसायिक उत्तरदायित्व र विश्वसनीयतालाई थप सुदृढ बनाउँदै जानुपर्ने बताए।

उल्लेखनीय छ, सोमबार काठमाडौंका केही सञ्चारगृह, राजनीतिक नेताहरूका निवास तथा व्यापारिक प्रतिष्ठानको प्रवेशद्वारमा गाडी तेर्स्याएर आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाले व्यापक चर्चा पाएको थियो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ५१ बजे

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले