२५ भदौ २०८३, बिहिबार | September 10, 2026

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नीतिमा विश्वस्त रहन आग्रह गरेका छन् ।

अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूले आयोजना गरेको सम्मेलनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीहरू नेपालको विकास, समृद्धि र लगानी विस्तारका महत्त्वपूर्ण साझेदार भएको बताए ।

उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै प्रवासी नेपालीलाई ढुक्क हुन आग्रह गरे ।

अर्थमन्त्री वाग्लेले नयाँ सरकारले सुशासन सुदृढ गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने दिशामा उल्लेखनीय काम गरिरहेको दाबी गरे । पछिल्लो एक सय दिनमा सरकारले उच्च नैतिकता, सुशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता र योग्यतामा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ थियो ।

उनले बजेटमार्फत कर प्रणाली, राजस्व व्यवस्थापन, बजेट वितरण तथा लगानी प्रवर्द्धनमा नयाँ सुधारका कार्यक्रम अघि सारिएको उल्लेख गर्दै नेपालमा लगानीका नयाँ अवसर सिर्जना भएको बताए ।

प्रवासी नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह गर्दै उनले सरकारले लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । वैध विदेशी लगानी तथा आफ्नै कमाइलाई नेपालमा लगानी गर्न प्रवासी नेपाली सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो ।

वाग्लेले गैरआवासीय नेपाली (एनआरएनए) बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्तीय स्रोत परिचालनजस्ता कार्यक्रम प्रवासी नेपालीको लगानी आकर्षित गर्न ल्याइएको जानकारी दिँदै सरकारले थप गर्नुपर्ने सुधारका विषयमा पनि सुझाव दिन आग्रह गरे ।

अर्थमन्त्री वाग्लेले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको समृद्धिका महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै देश निर्माणको साझा अभियानमा हातेमालो गर्न सबैलाई आह्वान गरे ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : ४१ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार