२५ भदौ २०८३, बिहिबार | September 10, 2026

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन



बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन भएको छ।

रूपन्देही तिलोत्तमा नगरपालिका शंकरनगर निवासी ८० वर्षीय ज्ञवालीको काठमाडौँको बीएण्डबी अस्पतालमा उपचारका क्रममा आइतबार राति ८ः४० बजे निधन भएको हो।

अग्रज पत्रकार ज्ञवाली केही समयदेखि मुटु र फोक्सोको रोगको उपचारका लागि काठमाडौंमा रहँदै आएका थिए ।

ज्ञवालीले नेपाल पत्रकार महासंघबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ पदकबाट बिभूषित भएका थिए ।

स्वर्गीय ज्ञवाली प्रति श्रद्धान्जली अर्पण गर्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेयले ज्ञवालीका प्रेरेरणादायी बिचारहरु आफुहरुसँग रहिरहने बताएका छन्।

आफ्नो व्यवसायिक जीवनमा उनले विभिन्न सञ्चार माध्यममा रहेर काम गरेका थिए।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : ५४ बजे

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै