१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने



काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने भएका छन् ।

साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गर्दै आकस्मिकबाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

संघले विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार र राज्यको व्यवहारप्रति विरोध जनाउँदै मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिने जनाएको छ ।

संघका अनुसार नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि भएको विवादका क्रममा चिकित्सकमाथि हातपात हुँदा डा. प्रमोद रामको टाउकोमा चोट लागेको थियो ।

नेपाल चिकित्सक संघले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ८ : २४ बजे

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको