२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका क्रममा निधन भएको छ।

लामो समयदेखि प्याङ्क्रियाज क्यान्सरबाट पीडित श्रेष्ठको ललितपुरस्थित अलका अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालले मंगलबार दिउँसो २:५१ बजे उनको निधन भएको घोषणा गरेको श्रेष्ठको सचिवालयका सदस्य सुयोग आचार्यले बताएका छन् ।

क्यान्सरको उपचारका लागि भारतका विभिन्न अस्पतालमा उपचार गराएर स्वदेश फर्किएका श्रेष्ठलाई स्वास्थ्य अवस्था जटिल बनेपछि करिब दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा चिकित्सकहरूको टोलीले उनको निधन भएको घोषणा गरेको हो।

श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न केही दिनअघि कांग्रेस सभापति गगन थापा अस्पताल पुगेका थिए। सोही क्रममा, साउन ७ गते उनलाई पार्टीको वरिष्ठ नेताका रूपमा सम्मानपूर्वक घोषणा गरिएको थियो।

गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका अनुभवी तथा प्रभावशाली नेतामध्ये एक मानिन्थे। उनको निधनसँगै नेपाली राजनीतिले एक अनुभवी नेतृत्व गुमाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ३ : ३५ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल