१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता



काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता भएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी) र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)बीच अपि–साइपाल तथा कञ्चनजङ्घा पदमार्ग केन्द्रित सांस्कृतिक प्रदर्शन प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको हो । नेपाल पर्यटन बोर्डमा आज नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर र सांस्कृतिक संस्थानका तर्फबाट महाप्रबन्धक किरणबाबु पुनले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार दुवै संस्थाले सांस्कृतिक सम्पदालाई पर्यटन उत्पादनका रूपमा विकास गर्दै दुर्गम हिमाली गन्तव्यमा पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् ।

उक्त सम्झौताअनुसार २०८३ साउनदेखि २०८३ पुस १४ गतेसम्म परियोजना कार्यान्वयनको समयवाधि तय गरिएको छ । परियोजनाअन्तर्गत ‘अपि–साइपाल र कञ्चनजङ्घा पदमार्गका प्रदर्शन लागि सांस्कृतिक प्याकेज विकास’ कार्यक्रम सांस्कृतिक संस्थानले कार्यान्वयन साझेदारका रूपमा सञ्चालन गर्नेछ ।

सम्झौताअन्तर्गत अपि–साइपाल र कञ्चनजङ्घा क्षेत्रमा सांस्कृतिक प्याकेज विकास तालिम, सांस्कृतिक कलाकार तथा स्रोत व्यक्तिको परिचालन, वाद्यवादन सामग्री र साउन्ड सिस्टम व्यवस्थापन, नमूना सांस्कृतिक प्रस्तुति, सांस्कृतिक प्याकेज प्रदर्शनी तथा स्थानीय सांस्कृतिक प्रस्तुतिको विकास गरिनेछ । यसका अतिरिक्त जनकपुर, मनास्लु र लुम्बिनीमा समेत सांस्कृतिक प्रदर्शन प्याकेज विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

परियोजनामा फरक क्षमता भएका व्यक्तिहरूका लागि गायन तालिम, प्रतिभा प्रस्तुति र रेकर्डिङ कार्यक्रम समेत समावेश गरिएको छ । साथै अपि, मनास्लु र कञ्चनजङ्घा क्षेत्रका सांस्कृतिक समूहबीच सांस्कृतिक आदान–प्रदान कार्यक्रम सञ्चालन गरी स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने योजना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सम्झौतापछि बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले नेपालका हिमाली पदमार्गहरू प्राकृतिक सौन्दर्यका मात्र नभई जीवित संस्कृति र मौलिक पहिचानका केन्द्र भएको उल्लेख गर्दै यस सहकार्यले पर्यटनलाई स्थानीय संस्कृतिसँग जोडेर नयाँ अनुभव सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“पर्यटकलाई हिमालसँगै स्थानीय संस्कृति, कला र जीवनशैलीको प्रामाणिक अनुभव प्रदान गर्नु दिगो पर्यटनको आधार हो, सांस्कृतिक संस्थानसँगको यो सहकार्यले अपि–साइपाल, कञ्चनजङ्घालगायतका गन्तव्यमा सांस्कृतिक पर्यटनको नयाँ आयाम थप्नुका साथै स्थानीय कलाकारका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नेछ”, उनले भने ।

परियोजनाले सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्थानीय समुदायको सहभागितामा पर्यटन उत्पादनको विविधीकरण गरी नेपालका नयाँ गन्तव्यलाई अन्तरराष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १० : ४८ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको