१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध



गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका(२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

“पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उनले भने, “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात नियमित सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ ।” उक्त सडकखण्डमा आइतबारदेखि रातिको समयमा सवारी आवागमन बन्द गरिएको थियो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो । बेनी(जोमसोम सडक भएर सयौँ यात्रु तथा पर्यटकले मुक्तिनाथ हुँदै कोरलानाकासम्मको यात्रा गर्छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ३ : २९ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं