४ आश्विन २०८३, आइतबार | September 20, 2026

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान



काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका रविन्द्र मेहेताको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारले सरकारसँग सम्झौता नभएसम्म शव नबुझ्ने अडान लिएको छ ।

परिवारका सदस्यले गृहमन्त्री स्वयं उपस्थित भएर आफ्ना माग सम्बोधन गर्नुपर्ने र त्यसपछि मात्रै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट शव उठाउने बताएका छन् । हाल परिवारका सदस्य तथा आफन्त अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाहिर बसेर सरकारसँगको वार्ताको प्रतीक्षा गरिरहेका छन् ।

अस्पतालमा आफन्त तथा शुभेच्छुकहरूको उपस्थिति पनि बढ्दै गएको छ । उनीहरूले सरकारसँग सहमति नभएसम्म अस्पताल नछाड्ने बताएका छन् ।

२२ वर्षीय मेहेताको उपचारका क्रममा मंगलबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो । उनी सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका थिए ।

यसअघि सोही घटनामा मृत्यु भएका अन्य तीन जनाका परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता तथा परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउनेलगायत विषयमा सहमति गरेको थियो । रविन्द्र मेहेताका परिवारले पनि समान प्रकृतिको सम्झौता भएपछि मात्र शव बुझेर अन्त्येष्टि गर्ने अडान दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ३ : ५६ बजे

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार