२० श्रावण २०८३, बुधबार | August 5, 2026

त्रिविका पूर्व शिक्षाध्यक्ष प्राडा खड्ग केसी विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त



काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) प्राडा खड्ग केसीलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

तत्कालीन उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्राडा रोजीन श्रेष्ठलाई विश्वविद्यालय अनुदान आयोगको सचिव नियुक्त गर्ने निर्णय पनि गरेको छ।

विश्वविद्यालय अनुदान आयोग उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालयहरूबीच समन्वय तथा अनुदान व्यवस्थापन गर्ने प्रमुख निकायका रूपमा कार्यरत छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १ : ३५ बजे

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल

त्रिविका पूर्व शिक्षाध्यक्ष प्राडा खड्ग केसी विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा त्रिभुवन