३० श्रावण २०८३, शनिबार | August 15, 2026

कास्कीमा बाढीले दुई पुल बगायो, मन्दिरमा फसेका तीनजनाको उद्धार प्रयास जारी



कास्की । कास्कीमा गएराति आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका-५ र ६ को सीमास्थित नयाँपुल-बिरेठाँटी सडकखण्डमा पर्ने मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरका दुईवटा मेटल पुल बगाएको हो ।

राति करिब २ः१५ बजे आएको बाढीले पुलसँगै मन्दिरको आधा भागसमेत बगाएको प्रहरीले जनाएको छ । मन्दिरमा रहेका एक पुजारी र दुई भक्तजन गरी तीन जना बाढीका कारण त्यहीँ फसेका छन् ।

फसेकाहरूको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्युसहित तीन जना गोताखोरको उद्धार टोली घटनास्थल पुगेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार टोलीले मन्दिरमा फसेका तीनै जनालाई सुरक्षित स्थानमा ल्याउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : ४९ बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।