४ भदौ २०८३, बिहिबार | August 20, 2026

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज



नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका दुर्गम क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसी, कुट्की, तितेपाती, पदमचाललगायतका जडीबुटी भारत पु¥याउन नेपालगञ्जलाई प्रमुख नाकाका रूपमा प्रयोग गरिँदै आएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले बताए ।

“कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन तथा सङ्कलन हुने जडीबुटीको भण्डारण तथा विदेश निर्यातका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिटका रूपमा विकास भएको छ”, उनले भने ।

पहाडी तथा हिमाली क्षेत्रबाट सडक र हवाई मार्गमार्फत जडीबुटी नेपालगञ्ज पु¥याइन्छ । यहाँबाट भारतीय सीमानाका जोडिन, जडीबुटी भण्डारणका लागि नेपालगञ्ज र आसपासका क्षेत्रमा ठूला गोदाम तथा प्रशोधन केन्द्र रहेका छन् ।

निर्यात प्रक्रियामा देखिने कानुनी प्रावधान र प्रमाणीकरणको ढिलासुस्ती, कच्चा पदार्थकै रूपमा निर्यात गर्दा उचित मूल्य नपाइनु र आधुनिक प्रशोधन प्रयोगशालाको अभाव हुनु, भारततर्फको निर्यातमा बेलाबेलामा देखिने क्वारेन्टाइन तथा गैर–भन्सार अवरोध जस्ता चुनौती रहेको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष शर्माले बताए ।

नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष ०८२/८३ मा रु ८४ करोड २६ लाख ७४ हजार बराबरको जडीबुटी निर्यात भएको छ  । गत आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट ३७ लाख तीन हजार आठ सय ६१ किलो बराबरका विभिन्न प्रकारका जडीबुटी निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज नाका मुलुककै सबैभन्दा बढी जडीबुटी निर्यात हुने नाकाका रूपमा स्थापित भएको छ । निर्यात बढेसँगै पश्चिम नेपालका जडीबुटी उत्पादक किसान, सङ्कलक र व्यवसायी उत्साहित भएका छन् ।

यसअघि आर्थिक वर्ष ०८१/८२ मा नेपालगञ्ज नाकाबाट रु ८३ करोड ६४ लाख ७० हजार र आर्थिक वर्ष ०८०/८१ मा रु ७९ करोड ४८ लाख ८२ हजार बराबरको जडीबुटी निर्यात भएको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ९ : ०८ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका