५ भदौ २०८३, शुक्रबार | August 21, 2026

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने



दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको चाप घट्दै गएपछि समय परिवर्तन गरी आइतबारदेखि शुक्रबारसम्म सेवा सञ्चालन गर्ने जनाएको हो ।

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ता, विवरण संशोधन तथा कार्ड लिन आउने सेवाग्राहीलाई यसअघि शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि सेवा दिँदै आइएको थियो । पछिल्लो समय सेवाग्राहीको चाप क्रमशः घटेकाले यही भदौ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी जनाएको छ ।

कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउने सबै सेवाग्राहीलाई सोहीअनुसार कार्यालयमा उपस्थित हुन आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ४ : ४९ बजे

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा