६ भदौ २०८३, शनिबार | August 22, 2026

जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चल्यो



जनकपुरधाम । जनकपुरधामका गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ । शनिबार बिहानदेखि जनकपुरधाम-६ स्थित गोरधोइ पोखरीको अतिक्रमित डिल डोजर लगाएर खाली गराउन थालिएको हो ।

गुठी संस्थान जनकपुरधामले गिरनारी कुट्टीनजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिलमा बनेका संरचना हटाउन डोजर परिचालन गरेको हो । अतिक्रमित जग्गा खाली गर्न यसअघि गुठी संस्थानले साउन १ गते सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि भदौ ५ गते जनकपुर नगर क्षेत्रमा माइकिङ गर्दै पुनः अतिक्रमित जग्गा खाली गर्न आग्रह गरिएको थियो ।

तर, पटक–पटक सूचना जारी गर्दा पनि अतिक्रमित संरचना नहटाइएपछि गुठी संस्थानले डोजर परिचालन गरी अतिक्रमण हटाउन थालेको हो ।

गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गराउने योजना छ । शनिबार नै जनकपुर क्षेत्रका सातवटा पोखरीको अतिक्रमण हटाउने तयारी गरिएको उनले बताए ।

गुठी संस्थान जनकपुरधामका किशोरकुमार झाले पहिलो चरणमा पोखरीका अतिक्रमित डिल खाली गराउने काम सुरु गरिएको जानकारी दिएकाछन् । जनकपुरधाम क्षेत्रमा रहेका करिब ५० वटा पोखरीमध्ये पहिलो चरणमा सातवटा पोखरीलाई अतिक्रमणमुक्त गराउने तयारी रहेको उनले बताए ।

अतिक्रमण हटाउने कार्यलाई चरणबद्ध रूपमा अघि बढाइएको छ । पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य गुठी जग्गाको अतिक्रमण हटाउने कार्ययोजना बनाइएको छ ।

अतिक्रमण हटाउने क्रममा सम्भावित अवरोध र सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जनकपुरधामका गुठी जग्गाको अतिक्रमण पहिचानका लागि २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर अहिले अतिक्रमण हटाउने अभियान अघि बढाइएको गुठी संस्थानले जनाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ९ : ५८ बजे

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक

जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चल्यो

जनकपुरधाम । जनकपुरधामका गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु