१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन



काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरूलाई पत्राचार गर्दै तत्कालका लागि परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् । मन्त्रालयका अनुसार स्थगित परीक्षाको संशोधित तालिका परिस्थितिको मूल्याङ्कनपछि सार्वजनिक गरिनेछ ।

त्यस्तै, भदौ १२ गते सञ्चालन भएका परीक्षामा विपद्का कारण सहभागी हुन नसकेका परीक्षार्थीका लागि पुनः परीक्षा सञ्चालनको व्यवस्था गर्न पनि विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ ।

मन्त्रालयले परीक्षाबाहेक अत्यावश्यक नभएका भेला, गोष्ठी, सेमिनार, सभा तथा सामूहिक कार्यक्रमसमेत हाललाई स्थगित गर्न अनुरोध गरेको छ ।

विपद् प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र शैक्षिक संस्थामार्फत निरन्तर समन्वय गरी आवश्यक सहयोग पुर्‍याउन तथा प्रभावित विद्यार्थीका लागि मनोसामाजिक परामर्श र अध्ययनको निरन्तरतामा सहजीकरण गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

सरकारले विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ७ : ५९ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका