१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह र रजिस्ट्रारमा प्रा रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।

त्रिवि उपकुलपति प्राडा भोला थापाको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सिंह र शिवाकोटीलाई क्रमशः शिक्षाध्यक्ष र रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार नवनियुक्त शिक्षाध्यक्ष सिंह र रजिस्ट्रार शिवाकोटीलाई मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरिनुका साथै शपथ गराउने कार्यक्रम छ ।

शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।

यसअघि त्रिविको निमित्त रजिस्ट्रारको जिम्मेवारी प्राडा महानन्द चालिसे र शिक्षाध्यक्षको जिम्मेवारी प्राडा शंकर खनालले सम्हाल्दै आएका थिए ।

सरकारले गत वैशाखमा अध्यादेशमार्फत त्रिभुवन विश्वविद्यालयका तत्कालीन पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो । त्यसपछि गत असारमा उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रार पद लामो समयदेखि रिक्त रहँदै आएको थियो ।

नयाँ पदाधिकारी नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक नेतृत्वले पूर्णता पाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ११ : ३२ बजे

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको