३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा



महेन्द्रनगर । कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका र लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा मनाइने महत्वपूर्ण चाड गौराको अवसरमा स्थानीय बिदा दिएको बताए ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि आज पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

राक्सिराङ र कैलाशमा सार्वजनिक बिदा

चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) का अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

दुवै गाउँपालिकाले यही भदौ २२ र २३ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । राक्सिराङ गाउँपालिकाले सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

कैलाश गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । चेपाङ समुदायले यही भदौ २२ गते राति वनस्पति र नयाँ खाद्यान्न बाली घरमा राखी पूजा गर्ने, एकपाखे ढ्याङ्ग्रो बजाउने तथा २३ गते बिहान पितृ पूजा गरी प्रसाद ग्रहण गरेर आफन्तसँग न्वागी मनाउने परम्परा छ ।

नयाँ बाली भित्र्याएपछि पितृलाई चढाएर मात्र आफूले ग्रहण गर्ने चेपाङ समुदायको परम्परा छ । न्वागीमा नयाँ उब्जनी पितृलाई चढाउनाका साथै भूमि तथा प्रकृतिको पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ७ : ०३ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट