२१ भदौ २०८३, आइतबार | September 6, 2026

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द



काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत कार्य नसकिएपछि आइतबार साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार साँझ सूचना जारी गर्दै अत्यावश्यक सवारीसाधनबाहेक सबै सवारीसाधनको आवागमन रोकिएको जनाएको छ ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वीराजमार्गमा क्षति पुगेपछि उक्त सडकखण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो । क्षतिग्रस्त सडकको मर्मतका लागि शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको थियो ।

निर्धारित समयमा मर्मत कार्य सम्पन्न हुन नसकेपछि आइतबार पनि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सोही सडकखण्डबाट सञ्चालन हुने सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

बन्द अवधिमा एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक सवारीसाधनलाई भने आवागमनको अनुमति दिइनेछ । प्रशासनले यात्रु तथा सम्बन्धित सबै सरोकारवालालाई उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ८ : ३१ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी