२३ भदौ २०८३, मंगलबार | September 8, 2026

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह



तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तलाई आवश्यक ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए । हालसम्म बेपत्ता व्यक्तिको पहिचानका लागि कसैले ‘डिएनए’ नमूना नदिएको उनले बताए ।

बाढीले बगाएका शवमध्ये तनहुँ जिल्लाका आँबुखैरेनी र देवघाटस्थित त्रिशुली नदीबाट हालसम्म ३९ शव फेला परेका छन् । तीमध्ये २४ शव पोखरा पठाइएको थियो भने १५ शव व्यास नगरपालिका-५ चनौली क्षेत्रमा व्यवस्थापन गरिएको छ ।

यसैबीच, तनहुँ घर भएका ३३ जना व्यक्ति बाढीपछि सम्पर्कविहीन भएको विवरण प्राप्त भएकामा हालसम्म नौ जना सम्पर्कमा आएका छन् । बाँकी व्यक्तिको खोजी तथा पहिचानका लागि प्रहरी र सम्बन्धित निकायले काम गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ७ : ५७ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर