२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित



काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।

जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सवै विकेट गुमाउदै २४६ रनमा समेटियो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए । उनले १०६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ९० रनको योगदान गरेका हुन ।

त्यसैगरी आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।
बलिङतर्फ हङकङका लागि एइजाज खानले ४ विकेट लिए । त्यस्तै यासिम मुर्तजाले २ विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनाएको थियो ।

उसका लागि बाबर हायातले १२७ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ११७ रनको योगदान दिएका हुन । त्यस्तै एहसान ३५ रनमा अविजित रहँदा शाहिद वासिफले ४५ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए । जितसँगै हङकङ प्रतियोतिगाको सेमिफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ५ : २६ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा