२४ भदौ २०८३, बुधबार | September 9, 2026

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला



काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाव खुलेको छ । गएराति करिब ८ बजे पहिरो खसेपछि खोला थुनिएको थियो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार पहिरोका कारण थुनिएको खोलाको बहाव आफैँ खुलेको हो । स्थानीयसँग बिहानै सम्पर्क गर्दा खोलाको पानी रातभरिमा विस्तारै बग्न थालेको र अहिले साविककै अवस्थामा फर्किएको जानकारी प्राप्त भएको उनले बताए ।

बरालका अनुसार खोलाको बहाव सामान्य अवस्थामा फर्किएपछि तत्कालका लागि जोखिम टरेको छ । पहिरो खसेर खोला थुनिएको स्थानको अवस्था बुझ्न प्रहरी टोली बिहान ४ बजे नै घटनास्थलतर्फ परिचालन गरिएको उनले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मध्यराति करिब १२ बजेदेखि पहिरोले थुनिएको स्थानको एक छेउबाट खोलाको बहाव विस्तारै खुल्न थालेको थियो । अहिले भने खोलाको बहाव साविककै अवस्थामा आइसकेको उनले बताए ।

अचानक पहिरो खसेर खोला थुनिएपछि किम्रोङ खोला तथा मोदीखोला तटीय क्षेत्रका बासिन्दालाई राति नै सचेत रहन आग्रह गरिएको थियो । खोला थुनिएपछि पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र सुरक्षा निकायले अवस्थाबारे निगरानी बढाएका थिए ।

हाल खोलाको बहाव सामान्य अवस्थामा फर्किएसँगै तत्कालको जोखिम टरेको स्थानीय प्रशासनले जनाएको छ । यद्यपि पहिरोको सम्भावना कायमै रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ८ : ३० बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४