२४ भदौ २०८३, बुधबार | September 9, 2026

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध



कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका-१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरद्ध भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गअन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिराले यही भदौ २० गतेदेखि बन्द सडक मङ्गलबार दिउँसोदेखि सञ्चालन भएको थियो । दैलेखमा गए राति गएको सुक्खा पहिरोले सडक पुनः अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा खटिएको र सडक जतिसक्दो छिटो खोलेर आवागमन सञ्चालन गर्न सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वयमा पहिरो पन्छाउने काम सुरु भएको छ । सडक अवरोधका कारण हुम्ला, मुगु, जुम्ला, कालीकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौँ गन्तव्य यात्रुहरूलाई सास्ती भएको जनाइएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ८ : ३९ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४