२५ भदौ २०८३, बिहिबार | September 10, 2026

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग



बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त वित्तीय संस्था ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रिय विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ योगदान गरेको छ ।

संस्थाका अध्यक्ष डा. नहकुल केसी, सञ्चालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटवालले संयुक्त रूपमा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणका क्रममा अध्यक्ष केसीले संस्थाको योगदान आर्थिक सहयोगमा मात्र सीमित नभई विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता र राष्ट्रिय पुनःस्थापना तथा पुनर्निर्माणको प्रयासप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राष्ट्र र नागरिकको हितमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ७ : २४ बजे

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष