२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल



काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् । उनले नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वतन्त्रतालाई केन्द्रमा राख्दै असंलग्न तथा सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’को तेस्रो शृङ्खलालाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । उनले ‘एक चीन’ सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीन तथा उसका वैध सुरक्षा हितविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट पारे ।

खनालले नेपाल–चीन सम्बन्धलाई आर्थिक विकास, कनेक्टिभिटी र जलवायु सहकार्यका क्षेत्रमा थप विस्तार गर्नुपर्ने धारणा राखे ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्र गम्भीर जोखिममा परेको उल्लेख गर्दै खनालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल र चीनबीच सीमापार सहकार्य आवश्यक रहेको बताए ।

उनका अनुसार विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका गम्भीर परिणाम नेपालले भोगिरहेको छ ।

“भोटेकोशी विपद् नेपालका लागि राष्ट्रिय समस्या वा नेपाल र चीनबीचको क्षेत्रीय मुद्दा मात्र होइन, लामो समयदेखि औद्योगिक राष्ट्रबाट भएको कार्बन उत्सर्जनका कारण उत्पन्न विश्वव्यापी समस्या हो,” खनालले भने ।

उनले मौसम तथा बाढीसम्बन्धी सूचना आदानप्रदान, प्रभावकारी पूर्वसूचना प्रणाली, समन्वित विपद् पूर्वतयारी तथा अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच आवश्यक रहेको बताए । प्राकृतिक विपद्को बढ्दो जोखिमलाई ध्यानमा राखेर सीमापार पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

खनालले नेपाल–चीन सीमापार रेलमार्ग तथा ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । रेल, सडक, सञ्चार तथा डिजिटल पूर्वाधारको विस्तारले व्यापार, पर्यटन, लगानी र जनस्तरीय सम्बन्ध थप मजबुत बनाउने उनको धारणा थियो ।

त्यसैगरी उनले बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० फ्रेमवर्कलाई अघि बढाउन, चिनियाँ लगानी आकर्षित गर्न तथा चीनसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।

चीनको तीव्र आर्थिक विकास, सामाजिक स्थायित्व र विकासको अनुभवबाट नेपालले महत्वपूर्ण पाठ सिक्न सक्ने पनि खनालले बताए ।

विपद्का समयमा चीनले उपलब्ध गराउँदै आएको प्राविधिक तथा मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै खनालले चीनलाई समृद्धि र संकट दुवै अवस्थामा नेपालको साथमा उभिने भरपर्दो मित्रका रूपमा चित्रण गरे । उनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गरे ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  १ : ४८ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले