२८ भदौ २०८३, आइतबार | September 13, 2026

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना



सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको अटवारी पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

अटवारी पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवद्र्धनमा थप ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।

“थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको पवित्र एवं महत्वपूर्ण अटवारी पर्वको सुखद अवसरमा थारू समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वस्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

अटवारी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायले मनाउने धार्मिक तथा सांस्कृतिक पर्व हो । यो पर्व भदौ महिनामा, कृष्ण जन्माष्टमीपछिको आइतबार मनाउने परम्परा छ भने कतिपय ठाउँमा कुशेऔँसीपछिको पहिलो आइतबारलाई अटवारी भनेर विशेष रुपमा मनाइन्छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ९ : १५ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब