२८ भदौ २०८३, आइतबार | September 13, 2026

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार



रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ ।

दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका-१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी-६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार थप दुई जना घाइतेलाई लिन हेलिकप्टर आउँदैछ ।

अन्यको सानीभेरी गाउँपालिका अस्पताल सिम्लीमा उपचार भइरहेको छ । “जिपमा चालकसहित १३ जना सवार रहेका अनुसन्धानका क्रममा जानकारी भएको छ । यसअघि ११ जना सवार रहेका भन्ने प्रारम्भिक शोधपुछका क्रममा सूचनामा प्राप्त भएकामा अनुसन्धानलाई तीव्र बनाउँदै सम्बन्धित निकायमा शोधपुछ गर्दा यात्रुको सङ्ख्या १३ रहेको जानकारी पाएका छौँ”, प्रहरी नायब उपरीक्षक पौडेलेले भने । उनका अनुसार जिपमा सवार सबैको पहिचान भने अझै खुलेको छैन ।

सानीभेरी गाउँपालिका-६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आइरहेको लु१च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटना भएको थियो । जिप सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  १२ : ५७ बजे

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित