२९ भदौ २०८३, सोमबार | September 14, 2026

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण



रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ । फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो सडकखण्डमा आजतजावत अवरुद्ध भएको थियो ।

आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा पैदल यात्राका लागि आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ भने स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको छ । स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक-दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ ।

बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले जानकारी दिए । समाजसेवी गणेश श्रेष्ठका अनुसार फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको सहयोग रहेको थियो ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए ।

तत्कालको आवागमन समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको बेत्रावतीको फड्के र स्याफ्रुबेँसीको तुइनबाट आवतजावतमा स्थानीयवासीलाई सहज भएको जनाइएको छ । विशेष गरेर उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो, ग्रेलगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज भएको छ ।

त्यसैगरी, बेत्रावतीको फड्के निर्माणपछि लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले, राम्चेलगायत क्षेत्रका बासिन्दालाई पनि आवागमनमा राहत पुगेको जनाइएको छ ।

स्थानीयवासीले भने अस्थायी फड्के तथा तुइनले तत्कालको समस्या समाधान गरे पनि दीर्घकालीन रूपमा बेलिब्रिज निर्माण गर्न माग गरेका छन् । बाढीका कारण भत्किएको सडक तथा पुल संरचनाको पुनर्निर्माणलाई तीव्रता दिई छिटोभन्दा छिटो बेलिब्रिज निर्माण गरिदिन उनीहरूले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  १० : १५ बजे

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार