३१ भदौ २०८३, बुधबार | September 16, 2026

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला



काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ ।

विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौँ उपत्यकाभित्रको रुट तथा सवारीसाधन व्यवस्थापनको लागि हाललाई असोज १ गतेदेखि लागू हुने गरी दर्ता खुला गरेको हो ।

काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइने विभागको भनाइ छ । विभागका निर्देशक मणिराम भुसालले काठमाडौँ उपत्यकाभित्र भने स्कुलबस एवं सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको बताए ।

यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गरिएकामा गत साउन १८ गते एक सूचना जारी गरी मालवाहक सवारीसाधनको दर्ता खुला गरेको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  ३ : ३३ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०