१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल



गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै हवाई उडान हुन सकेको छैन ।

उडान अवरुद्ध हुँदा जेठ महिनाको तेस्रो सातादेखि हालसम्म विमानस्थल सुनसान बनेको छ भने हवाई सेवा ठप्प छ । प्रतिकूल मौसमको कारण देखाउँदै पटक–पटक उडान रद्द भएपछि यात्रुलाई सडक मार्गबाहेक अर्को भरपर्दो विकल्प हुन सकेको पाइन्न ।

वर्षायाममा प्रायः बाक्लो कुहिरो लाग्ने भएकाले उडान नियमित गर्न समस्या परेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानी आवतजावत गर्ने यात्रु बढी समस्यामा परेका छन् ।

नेपाल वायुसेवा निगमले त्यस विमानस्थलबाट शनिबार, आइतबार र बिहीबार गरी सातामा तीन दिन उडान तालिका निर्धारण गरेको थियो । तर मौसम प्रतिकूल हुँदा निर्धारित तालिकाअनुसार उडान हुन नसक्दा यात्रुले पटक–पटक टिकट रद्द गर्नुपर्ने अवस्था छ । जसका कारण यात्रुको समय र आर्थिक भार दुवै बढाएको छ ।

उक्त विमानस्थलका स्टेशन प्रमुख थापाका अनुसार मौसम खराब भएका कारण उडान सेवा अवरुद्ध बनेको हो । उनका अनुसार मौसममा सुधार आउन थालेका कारण अब चाँडै नै हवाई सेवा नियमित हुनसक्ने बताए । उक्त विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत काठमाडौ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको थियो ।

निगमले काठमाडौंदेखि गुल्मीका लागि रु १० हजार सात सय १० र गुल्मीदेखि–काठमाडौँका लागि रु १० हजार पाँच सय १० हवाई भाडा निर्धारण गरेको छ । हवाई सेवा सञ्चालन भएको तीन वर्षको अवधिमा जिल्लामा दुईतर्फी गरी ३७८ वटा उडान भएको थियो ।

पछिल्लो समय इन्धनको मूल्य वृद्धि भएपछि यात्रुको सङ्ख्यासमेत घट्दै गएको उनको भनाइ छ । हवाई सेवा नियमित हुन नसक्दा जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत ठूलो असर पुग्ने नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेयले बताए ।

सडकमार्गबाट गुल्मीदेखि काठमाडौँ पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने भए पनि हवाई मार्गबाट करिब ४५ देखि ५० मिनेटमै राजधानी पुग्न सकिन्छ । त्यस्तै हवाई सेवा नियमित भएमा बिरामी, वृद्धवृद्धा तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने नागरिकलाई ठूलो राहत पुग्ने अध्यक्ष पाण्डेयले बताए ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  ८ : ४६ बजे

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका

बझाङमा जिप दुर्घटना; दुई जनाको मृत्यु, ६ जना घाइते

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली

चुनावी हार स्वीकार्न तयार ट्रम्प, कंग्रेसका दुवै सदनमा डेमोक्रेट्सको सफलता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन

बुटवलमा मंसिर ११ देखि पाँचदिने खाना महोत्सव हुने

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन