२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए



वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख प्रहरी तथा नगर प्रहरी निरीक्षक हरि भुसाल र प्रहरी सहायक निरीक्षक असई लक्ष्मण लुइटेललाई जिम्मेवारीबाट हटाएका छन् ।

प्रमुख सिंहले आफ्‌नो पदमा पुनर्बहाली भएपछि भुसाल र लुइटेललाई जिम्मेवारीबाट हटाएका हुन् । वीरगन्ज महानगरपालिकाका नगर प्रहरी निरीक्षक भुसालले लामो समयदेखि महानगरको नगर प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रहरी निरीक्षक भुसाललाई यसअघि वीरगञ्ज महानगरपालिकाका तत्कालीन प्रमुख विजयकुमार सरावगीको कार्यकालमा नगर प्रहरी प्रमुखमा नियुक्त गरी जिम्मेवारी दिएका थिए । उनीहरूलाई हटाउनुको कारण भने महानगरपालिकाले सार्वजनिक गरेको छैन ।

यसैबीच महानगर प्रमुख राजेशमान सिंहको निर्देशनपछि नगरको मुख्य सडक सरसफाइ तथा व्यवस्थित बनाउने अभियानले तीव्रता पाएको छ । दसैँअघि मुख्य सडकलाई पूर्ण रूपमा सफा, सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित महानगरपालिकाले अभियान सुरु गरेको हो ।

वीरगन्ज सडकको अवस्था सुधार तथा सरसफाइ कार्यलाई प्रभावकारी बनाउन महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबीच आवश्यक समन्वयसमेत भइरहेको माहानगरले जनाएको छ ।

सडक विभागले केहि महिना पहिला वीरगन्जको मुख्य सडकको दाया बाया दुवैतर्फ २५ मिटर भित्र रहेको घर र टहराहरु भत्काए पछी वीरगन्ज सहर अस्त व्यस्त भएपपछि भत्किएको संरचनाहरुलाई सरसफाई अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ८ : ०२ बजे

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली