७ आश्विन २०८३, बुधबार | September 23, 2026

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको समयमा नागरिकहरु देशका विभिन्न भूभागबाट आ–आफ्ना घर जानुपर्ने भएकाले उनीहरुका लागि सार्वजनिक यातायातको राम्रो प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सचेतक परियारले दसैँका बेला नागरिकहरु विशेषगरी काठमाडौंबाट बाहिर अर्थात् आफ्ना घर जाँदा यात्राका क्रममा गाह्रो हुने गरेकाले यस पटक त्यस्तो नहोस् भनेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सचेतक परियारले दसैँका समयमा लाखौँ नागरिकले सार्वजनिक सवारीबाट यात्रा गर्ने भएकाले यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारसँग माग गरे । । उनले हरेक वर्ष दसैँ मनाउन काठमाडौं उपत्यकाबाट मात्रै १५ लाखभन्दा बढी नागरिक आफ्नो थातथलो फर्किने गरेका तथ्याङ्क प्रस्तुत गर्दै विगतका वर्षमा नागरिकले भोग्दै आएको सास्ती अहिले कुनै पनि हालतमा भोग्नु नपरोस् भनेर अहिल्यैदेखि सरकारले काम गर्नुपर्ने बताए।

सचेतक परियारले भने, “पहिले त टिकट पाउनै महाभारत, अनि भेडाबाख्राझैँ कोचिएर यात्रा गर्नुपर्ने बाध्यता । एकातिर बाटोका खाल्डाखुल्डीले थिलथिलो बनाउँछ भने अर्कोतिर मनपरी भाडाले नागरिक प्रताडित छन् ।”

देशभरका मुख्य राजमार्गमा रहेका खाल्डाखुल्डी तत्काल पुरेर यातायात सहज बनाउने काममा अहिलेदेखि नै लाग्न र टिकट बुकिङ्लाई पनि व्यवस्थति गर्न सचेतक परियारले आग्रह गरे ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ३ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई