१८ आश्विन २०८३, आइतबार | October 4, 2026

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश



सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशको सुर्खेत, बाँके, दैलेख, सल्यान, कालीकोट, पश्चिम रुकुम, जुम्ला लगायतका जिल्लामा प्रतियोगिता हुने प्रस्ताव गरिएको छ । प्रतियोगितामा ३२ खेल समावेश हुनेछन् ।

आइतबार सुर्खेत आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता हुने स्थान र खेलबारे जानकारी दिइयो । प्रतियोगितामा एथलेटक्स, कुस्ती, कबड्डी (महिला र पुरुष), व्याडमिण्टन, बक्सिङ, कराते, बास्केटवल (महिला र पुरुष), फुल कन्टपाक्ट कराते, आईटिएफ तेक्वान्दो, शारीरिक सुगठन, क्रिकेट (महिला र पुरुष), टेबल टेनिस, फुटवल (महिला र पुरुष), बुद्धिचाल, ह्याण्डबल (महिला र पुरुष) समावेश छन् ।

यस्तै, कुल समावेश खेलहरु मध्य पौडी, भारत्तोलन, सुटिङ र टेनिस खेल नेपालगन्जमा संचालनको प्रस्ताव गरिएको छ भने जिम्नास्टिक, आईटिएफ टेक्वान्डो र बुद्धिचाल दैलेखमा प्रस्ताव गरिएको छ । अन्य खेलहरुमा सारिरीक सुगठन, कालिकोटमा, जुडो जाजरकोटमा, टेबलटेनिस सल्यानमा र अर्चरी जुम्लामा संचालन गर्नका लागि प्रस्ताव गरिएको छ । बाँकी खेलहरु भने सुर्खेतमा संचालन हुने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ८ : ४८ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति