२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

शिक्षा नियमावली : शिक्षकलाई गाडी किन्न सहुलियत



काठमाडौं । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु ४० लाखसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन् ।

यसैगरी, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु चार लाखसम्मको दुईपाङ्गे्र सवारीसाधन खरिद गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्ताको ब्याजसरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : ३८ बजे

लुम्बिनीमा प्रादेशिक फोहोरमैला व्यवस्थापन नीति बनाउने पहल

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित, वैज्ञानिक र

कोरलानाकाबाट ५४३ टन फलफूल आयात, कन्टेनरभित्रै थन्किँदा कुहिने जोखिम

मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं । सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड