२४ आश्विन २०८३, शनिबार | October 10, 2026

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी



नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

त्रिजल फार्मेसीको आयोजनामा सम्पन्न प्रभातफेरीमा मानसिक स्वास्थ्यको महत्त्व, मानसिक समस्याबारे समाजमा रहेको गलत धारणा हटाउने तथा समस्यामा परेकालाई सहयोग गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो।

नेपालगन्जको पासाङ ल्ह्यामु मार्गदेखी शुरु भएको प्रभातफेरी नेपालगन्जका विभिन्न चोक तथा बजार क्षेत्र हुँदै पुनः आयोजक संस्था त्रिजल फार्मेसी प्रांगणमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजत्तिकै महत्त्व दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. अनुप उपाध्यायले अहिलेको सामाजिक परिवेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै यस्ता समस्याबारे सचेतना जगाउन र समयमै पहिचान गरी उचित परामर्श तथा उपचार लिन प्रेरित गर्नुपर्ने बताए।

उनले शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मानसिक समस्यालाई बेवास्ता नगर्न र आवश्यकताअनुसार विशेषज्ञको सहयोग लिन आग्रह गरे।
कार्यक्रममा चिकित्सक, विद्यार्थी, शिक्षक, सञ्चारकर्मीलगायत करिब ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने, मानसिक समस्याबाट प्रभावित व्यक्तिप्रति सकारात्मक व्यवहार गर्न प्रेरित गर्ने तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  २ : ४१ बजे

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनः सुरु

म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी

नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले