२४ आश्विन २०८३, शनिबार | October 10, 2026

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत



काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा १३ जना सदस्य मनोनयन गर्नेसहित सातवटा निर्णय गरेको छ।

बिहीबारदेखि सुरु भएको बैठक शनिबार सम्पन्न भएको हो। बैठकले पार्टीका वडा तथा पालिका कमिटीका अधिवेशन, राष्ट्रिय तथा प्रदेशस्तरीय भेला आयोजना र रिक्त पदमा मनोनयनलगायतका विषयमा निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

बैठकले विभिन्न १३ जिल्लामा रिक्त रहेका जिल्ला अध्यक्षको पदपूर्ति गर्ने प्रक्रियासमेत अघि बढाउने निर्णय गरेको छ।

बैठकका निर्णयअनुसार पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन आगामी मंसिर २६ गते र नगर तथा गाउँपालिका कमिटीहरूको अधिवेशन पुस ४ गते सम्पन्न गरिनेछ।

त्यस्तै, आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गरिने भएको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्। पालिका तथा वडा अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।

मधेश प्रदेशसभामा पार्टीका समानुपातिक सांसद जैनब खातुनको निधनपछि रिक्त रहेको स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।

त्यसैगरी, जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला तहकै निर्णयबाट अध्यक्ष चयन गरी संगठन कमिटीमा रूपान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय भएको छ।

१३ जना केन्द्रीय सदस्यमा मनोनीत

बैठकले १३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ। मनोनीत हुनेहरूमा तेजेन्द्र केसी (रुपन्देही), मीनप्रसाद गुरुङ (स्याङ्जा), सिर्जना राई (भोजपुर), डा. पुष्पा केसी भण्डारी (कास्की), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), धर्मनाथप्रसाद साह (सिरहा), तेजमान कन्दङ्वा (तेह्रथुम), टंक आङबुहाङ (ताप्लेजुङ), नवीन रोका मगर (रोल्पा) र डबल पाण्डे (दोलखा) रहेका छन्।

एमालेको पहिलो स्थायी कमिटी बैठकको पहिलो दिन वरिष्ठ नेतामा मनोनीत भएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन्।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ५ : ०८ बजे

पहिरोका कारण म्याग्दीको महभिर गाउँ विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका

भौतिक विकासले फेरिँदै भोजपुरको च्याङ्ग्रे क्षेत्र

भोजपुर । भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी