२६ आश्विन २०८३, सोमबार | October 12, 2026

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु




दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा रा१ख २५११ नम्बरको टिपरले आज साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका-१ निवासी राजन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका बालकको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । घटनापछि स्थानीयले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै विरोध गरेका छन् । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ८ : ०२ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको