३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था, यसका चुनौतीहरू तथा गुणस्तरीय सेवा प्रवाहका उपायहरूबारे अन्तरक्रिया सम्पन्न भएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा ूजिवन्त अनुभवको सुनुवाईस् वास्तविक आवाज, वास्तविक परिवर्तनू भन्ने मूल नारासहित मनोचिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूसँग छलफल गरिएको हो ।

सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. विष्णुप्रसाद गौतमले विश्वभर मानसिक रोगको समस्या वृद्धि हुँदै गएकोमा यसको रोकथाम तथा उपचारका लागि साझा पहल र सचेतनामा जोड दिए । सूचना प्रविधिको बिकास र प्रयोग, व्यस्त जीवनशैली, खानापान तथा रहनसहनलाई समेत स्वस्थ बनाउन आवश्यक रहेको बताउँदै उनले स्वास्थ्यकर्मीहरुको एकल प्रयासले यसको रोकथाम सम्भव नहुने उल्लेख गरे ।

डा. गौतमले लुम्बिनी प्रादेशिक अस्पतामा दैनिक सेवाग्राहीको चाप बढ्दै जाँदा मनोरोगीहरुको समेत सङ्ख्यामा वृद्धि भएको उल्लेख गरे । स्वयम् स्वास्थ्यकर्मी समेत कार्यव्यस्तता र त्यसबाट हुने थकान, व्यक्तिगत तथा पारिवारिक समयको अभावले मानसिक पीडा र रोगको मुखमा पर्न सक्ने चुनौतिहरु रहेको बताए । उनले यसको रोकथामका लागि समुदाय स्तरमै सेवा पुर्‍याउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको सहजीकरण गर्दै डा. ममता श्रेष्ठ र डा. विनीता रेग्मीले मानसिक स्वास्थ्यको परिचय, यसको महत्त्व र यसले व्यक्तिको समग्र जीवनमा पार्ने प्रभावबारे प्रकाश पारेका थिए ।कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै डा. विनोद पौडेलले चालू वर्षको थिम तथा विश्वव्यापी र राष्ट्रिय मानसिक स्वास्थ्यको परिदृश्य प्रस्तुत गरेका थिए । उनका अनुसार विश्वभर करिब ९७० मिलियन मानिसहरू मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्, जसमध्ये ८२ प्रतिशतभन्दा बढी मानिसहरू न्यून तथा मध्यम आय भएका देशहरूमा रहेका छन्।

नेपालको सन्दर्भमा राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० लाई उद्धृत गर्दै डा. पौडेलले वयस्कहरूमा १० प्रतिशत र किशोर(किशोरीहरूमा ५.२ प्रतिशत कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको जानकारी दिए । साथै, मानसिक समस्या भएका कुल बिरामीमध्ये ८० प्रतिशत मानिसहरू अझै पनि उपचार र स्वास्थ्य सेवाको पहुँचबाहिर रहेको डरलाग्दो तथ्याङ्क प्रस्तुत गरे ।

त्यस्तै, डा. सन्तोष गौतमको सहजीकरणमा सञ्चालित समूह छलफलमा सहभागीहरूले मानसिक स्वास्थ्य सेवामा ुकसैलाई पनि पछाडि नछोडौुं भन्ने अवधारणाबारे विमर्श गरेका थिए। बालबालिका, किशोर(किशोरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपद् प्रभावित तथा हिंसा पीडित महिलाहरूलाई प्राथमिकतामा राखेर मनोसामाजिक सहयोग पुर्‍याउनुपर्ने छलफलको निष्कर्ष थियो।

अन्तरक्रिया पश्चात् डा. रक्षा ज्ञवालीले गुणस्तरीय सेवा प्रवाहका लागि अपनाउनुपर्ने रणनीतिक बुँदाहरू प्रस्तुत गरिन् । उनले विद्यालय र समुदाय स्तरमै मानसिक रोगको प्रारम्भिक पहिचान गर्ने संयन्त्र बनाउनुपर्ने, हिंसा प्रभावितका लागि ओसीएमसी (OCMC) मार्फत तत्काल परामर्श र सुरक्षित प्रेषण (Referral) प्रणाली लागू गर्नुपर्ने र दुर्गम तथा विपन्न वर्गसम्म विशेषज्ञ सेवा विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  १ : ४९ बजे

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं। ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा रकम

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी