३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेशहरू जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार जारी गरिएका अध्यादेशहरूमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ रहेका छन । 

सरकारको सिफारिस र नेपालको संविधानको संवैधानिक व्यवस्था बमोजिम विज्ञान र प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्न तथा नवप्रवर्द्धनका गतिविधि अगाडि बढाउन यी अध्यादेशहरू ल्याइएको हो।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ९ : २३ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी