३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजार्चना गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित राष्ट्रपतिले परम्पराअनुसार नौ जना कन्याको पूजार्चना गरेका हुन् ।

नवरात्रमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको पूजार्चना गर्ने परम्परा छ । दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गरिन्छ ।

राष्ट्रपति पौडेलले नौ जना कन्याका गोडा धोएर टीका लगाइदिनुका साथै उपहारसमेत प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  १० : ५७ बजे

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन