चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति चिनियाँ समय १०ः३३ बजेको समयमा चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा ७.० म्याग्निच्युडको भूकम्प गएको हो। नेपाली समय अनुसार आज राति ८ः१८ बजे भूकम्प गएको हो।
चीनको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार भूकम्पको केन्द्रबिन्दु उत्तरी अक्षांश ३२.४० डिग्री र पूर्वी देशान्तर ९३.७९ डिग्रीमा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
भूकम्पको केन्द्र चीनको तिब्बतस्थित नागकु शहरबाट करिब ११५ किलोमिटर टाढा रहेको जनाइएको छ। भूकम्पको धक्का चीनसँगै भारत, नेपाल र म्यानमारसम्म महसुस भएको जनाइएको छ।
भूकम्पको केन्द्रबिन्दु अति दुर्गम र उच्च हिमाली क्षेत्रमा भएकाले हालसम्म कुनै पनि मानवीय वा ठूलो भौतिक क्षतिको आधिकारिक विवरण प्राप्त भइसकेको छैन। भूकम्पबाट भएको क्षति तथा प्रभावित क्षेत्रबारे थप विवरण सार्वजनिक भएको छैन।


















प्रतिक्रिया