काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
टस जितेको विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । टस हारेपछि चितवन राइनोजले पहिले ब्याटिङ गर्दै विराटनगरसामु लक्ष्य प्रस्तुत गर्नेछ ।
चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् । टसपछि उनले पछिल्ला खेलहरूमा लगातार टस हारिरहेको उल्लेख गर्दै यसपटक राम्रो स्कोर बनाएर त्यसलाई जोगाउने लक्ष्य रहेको बताए ।
‘मैले पछिल्ला खेलहरूमा नौ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं,’ बोपाराले भने ।
आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

















प्रतिक्रिया