११ कार्तिक २०८३, बुधबार | October 28, 2026

स्पेनमा भयानक रेल दुर्घटना : ६४ को मृत्यु, दर्जनौँ घाइते



काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडको दक्षिणमा स्पेनको तीव्र गतिको रेल अर्को रेलसँग आपसमा ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु भएको छ।

मृतकहरूको यो पछिल्लो सङ्ख्यासँगै सन् २०१३ यता स्पेनमा भएको यो सबैभन्दा भयानक रेल दुर्घटना बनेको छ। यसअघि सन् २०१३ मा उत्तर-पश्चिमी स्पेनमा रेल लिकबाट बाहिरिँदा ८० जनाको ज्यान गएको थियो।

क्षेत्रीय सरकारका प्रवक्ताका अनुसार आज भएको यस दुर्घटनामा संलग्न रेलहरूमा ५०० भन्दा बढी यात्रुहरू सवार थिए।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस गम्भीर रेल दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै यातायात मन्त्रीसँग निरन्तर सम्पर्कमा रहेको जनाएका छन्।

रेल सञ्चालक संस्था आदिफका अनुसार यो दुर्घटना ‘रेन्फे’ कम्पनीको रेल र ‘इरियो’ कम्पनीको अर्को रेलबीच भएको हो। ‘इरियो’ कम्पनीले म्याड्रिडदेखि सेभिलसम्मको रुटमा सेवा प्रदान गर्दै आएको छ।

दुर्घटनाग्रस्त रेलमध्ये एउटामा सवार १७ वर्षीय एक किशोरले स्पेनको एक प्रसारण संस्थालाई बताएअनुसार घटनास्थलमा ‘पूर्ण अस्तव्यस्तता’ थियो र यो ‘एक ठूलो विपत्ति’ थियो।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ८ : ३१ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय