१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बुटवलमा खस्यौली स्नोकर क्लबको शुभारम्भ



बुटवल । व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा खस्यौली स्नोकर क्लब संचालनमा ल्याईएको छ ।

यस क्षेत्रका ६ जना युवा मिलेर संचालनमा ल्याईएको क्लवको सोमवार एक समारोहका बीच स्नोकरका राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र हिमालय रोडिज ३ का विजेता सुजन सुवेदीले संयुक्त रुपमा खस्यौली स्नोकर क्लबको शुभारम्भ गरेका हुन ।

युवा युवतीलाई कुलतवाट जोगाउन र व्यवसायीक स्नोकर खेलाडी उत्पादन गर्ने सोचका साथ क्लब संचालनमा ल्याएको अध्यक्ष सुजन पुनले बताए । क्लबमा विद्यालय तथा कलेजको ड्रेसमा आउने विद्याथीलाई र लागुऔषधि प्रयोग कर्तालाई प्रवेशमा रोक लगाउन जिल्ला स्नोकर संघका उपाध्यक्ष बविन थापाले आग्रह गरे ।

त्यस्तै स्नोकर खेललाई व्यवसायीक बनाउन र यस खेलवाट नेपालको नाम परिचित गराउनका लागि प्रहरी प्रशासनले हेर्ने द्धष्टिकोणमा अझै परिवर्तन जरुरी रहेको पनि सो अवसरमा वोल्नेहरुले औल्याएका थिए ।

पुन सहित, गणेश घिमिरे, रमेश न्यौपाने, प्रदिप बिक, सुनिल क्षेत्री र ईसारअहमद खाँनको कुल १ करोडको लागतमा बुटवलको सिंह कम्पेलसको चौथो तलामा संचालनमा ल्याईएको क्लबले यस क्षेत्रमै पहिलो र नमूना योग्य कोर्ट बनाएको कार्यक्रममा बोल्नेहरुले धारणा राखेका थिए ।

६ वटा कोर्ट सहित संचालनमा आएको खस्यौली स्नोकर क्लब यस क्षेत्रको २९ औ स्नोकर क्लवका रुपमा संचालनमा आएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : ४० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग